दफा ६९
छुट्टै खाता खडा गर्नु पर्ने
: (१) यस ऐनबमोजिम नियुक्ति भएको पुनर्संरचना व्यवस्थापक वा
लिक्विडेटरले यस ऐनबमोजिम दामासाहीसम्बन्धी कारबाही गर्दा आफू नियुक्ति भएको प्रत्येक कम्पनीको छुट्टै बैङ्क खाता खोली खाता सञ्चालन गर्नु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम खोलिएको बैङ्क खातामा निजले प्राप्त गरेको सम्पूर्ण रकम जम्मा गरिनेछ ।
(३) उपदफा (१) बमोजिम खोलेको बैङ्क खातामा जम्मा भएको बचत रकम तोकिएको क्षेत्रमा मात्र लगानी गर्नु पर्नेछ ।
(४) उपदफा (१) मा लेखिएदेखि बाहेक पुनर्संरचना व्यवस्थापक वा लिक्विडेटरले दामासाहीमा परेको प्रत्येक कम्पनीको दामासाहीसम्बन्धी कारबाहीको पूर्ण तथा यथार्थ विवरण देखिने अन्य लेखा तथा सोको बहीखाता खडा गर्नेछ र त्यस्तो बहीखाताको विवरण आवश्यकता अनुसार अदालत वा कार्यालयमा पेश गर्नु पर्नेछ ।
(५) पुनर्संरचना व्यवस्थापक वा लिक्विडेटरले आफ्नो कर्तव्य पालना गरिसकेपछि यस दफाबमोजिम आफूले खडा गरेका लेखा तथा बहीखाता र सोको विवरण कानुनबमोजिम लेखा परीक्षण गराई कार्यालयमा बुझाउनु पर्नेछ ।